दफा ३५
लेखा परीक्षण समितिको काम, कर्तव्य र अधिकार
(१) लेखा परीक्षण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क)बैंकको लेखा, बजेट तथा लेखा परीक्षण कार्यविधि र नियन्त्रण व्यवस्थाका सम्बन्धमा आफनोे प्रतिवेदन तथा सुझाव समितिमा पेश गर्ने । (ख)बैंकको आवधिक वासलात तथा अन्य कागजातको लेखा परीक्षण र त्यस्ता कागजात ठीकसंग तैयार भए नभएको बारे यकिन गर्ने । (ग)बैंकले अपनाएको उपयुक्त जोखिम व्यवस्था कार्यान्वयनको सुपरीवेक्षण गर्ने । (घ)बैंकमा लागु भएको प्रचलित कानून पुर्ण रुपमा पालना भएको छ भनी विश्वस्त हुन बैंकको प्रशासन र सञ्चालनको नियमित व्यवस्थापकीय तथा कार्य सम्पादनको लेखा परीक्षण गर्ने । (ङ)प्रचलित कानून तथा अन्तर्राष्ट्रिय लेखा मापदण्ड अनुरुप बैंकको लेखा परीक्षण कार्यको निमित्त विनियम बनाई स्वीकृतिको लागी समिति समक्ष पेश गर्ने । (२) लेखा परीक्षण समितिले उपदफा (१) को खण्ड (क) बमोजिम प्रतिवेदन तथा सुझाव समितिमा पेश गर्दा सो को जानकारी गभर्नरलाई दिनु पर्नेछ ।